मौसम पूर्वानुमान : पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

चैत्र ९ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै शुक्रबार देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।