कुशल र आरिफको अर्ध शतकमा पीएनजीमाथि नेपालको सानदार जित

चैत्र ८: पपुवा न्युगिनीविरुद्ध नेपालले शानदार दोस्रो जित हात पारेको छ ।

नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा विकेट गुमाउँदै भेटाएको हो ।

नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे । शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे । यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको थियो ।