चैत्र ९: नेपाली कांग्रेसका यूवा नेता तथा तमानखोला गा.पा ५ खुखांनीका वडा अध्यक्ष हिरा बहादुर श्रीपालीले आफ्नो गाँउमा पानि गाग्री बोकेको दृश्य देख्न नपरेको बताएका छन ।

सन्दर्भटूडे संग आफनोे अनुभव साट्दै श्रीपालीले जनताको समस्यासंग सहकार्य गर्दा-गर्दै आफ्नो ५वर्षे कार्यकाल सकिएको थाहै नभएको बताएका छन । अध्यक्ष श्रीपालीको राजनितिक यात्रा भने बडो रोचक रहेको सुनाउछन् , ४० वर्षको उमेरमै तीनवटा देशको(साउदी, बहराईन र मलेसिया) अनुभव गरिसकेका उनलाई राजनिति प्रति खासै चासो थिएन सायद राजनितिक पृष्ठभूमि नभएर पनि होला उनलाई राजनितिमा जानुपर्छ भन्ने धेरै समयसम्म लागेन तर सामाजीक काममा भने आफु सानै देखि क्रियाशील भएको बताउछन् । गाउमा क्लब स्थापना गर्ने , सामुहिक रुपमा काम गर्ने गाँउमा परि आउने आपत बिपतको काममा सहयोग गर्ने उनको सानै देखिको रुचि र बानि नै थियो । समय बित्दै जादा बाध्यताको पोको बोकेर खाडीमा पैसा संग पसिना सातेको तितो अनुभव सुनाउदै श्रीपाली भन्छन् बिदेश गएर दुख मात्रै गरिएन अब स्वदेशमै बाच्ने आधार खोज्नुपर्छ भन्ने आशा बोकेर नेपाल फर्किए ।
हुनत अहिले पनि म राजनिति के हो ? ब्याखा गर्ने गरि बुझेको छैन, जिन्दगी भन्नु नै सिकाई रहेछ भन्ने मैले सम्झन्छु । मेरो ईमान्दारिता काम प्रतिको ईक्षाशक्ति जनतालाई मन परेको हुदो हो र त मलाई वडा अध्यक्षको निमिक्त प्रस्ताव गर्नुभयो होला भन्ने लाग्छ ।
कांग्रेस नै रोज्नुको कारण चाहीँ सनाउन मिल्छ ? भन्ने हाम्रो प्रश्नमा श्रीपाली हास्दै भन्छन् पहिलो कारण समाज , त्यस पछाडि लिडरसीप , समाज भन्नाले ? केहि न्यास्रो आवाजमा अध्यक्ष भन्छन् त्यो बेला माओवादिको जनयुद्ध थियो मेरो राजनितिक चेत परिपक्क नभएको दिमागले माओबादिले जनतालाई दिएको यातना, हाम्रो समाजका छोरि चेली माथी गर्ने रुखो ब्यवहारले मलाई नमज्जाले बिसायो त्यस दिनदेखि माओबादि माथि आस मरेर त्रास मात्रै लाग्न थाल्यो दोस्रो कुरा मेरो राजनितिक यात्राको स्मरणयोग्य मान्छे स्वर्गीय सरोज छन्त्याल हुनुहुन्छ जस्लाई मैले सधै सम्झनुपर्छ बास अहिले कांग्रेस हुनुमा पछुतो छैन ।

आफ्नो पाच वर्षको कार्याकालमा के कुरालाई बढि मध्यनजर गर्नुभयो भन्ने प्रश्न पुरा हुन नपाउदै श्रीपाली भन्छन् पूर्वाधार किन पनि पूर्वाधार रोजेभने शिक्षा राम्रो हुन पनि बिद्यालयको संरचना राम्रो हुन आवश्यक रैछ भन्ने कुरा मैले यस कारण सम्झन्छु कि बिद्यालयको पानि चुहिने छानो, धुलाम्य वातावरण मलाई अझै ताजा छ आज हामीले त्यो दुर गरेर पक्की भवन निर्माण गरेको छौ , स्वाथ्यचौकीमा पानिको अभावको कारण आकासबाट आएको पानि बाल्टिनमा संकलन गरेर गुजारा चलाउनु परेको दृश्यले मलाई बेस्सरी पोलेको थियो आज त्यो समस्या दुर भएको छ ।
यहीँ प्रसंगमा श्रीपाली थप्छन हाम्रो गाउँमा म प्रतिनिधि हुनु अगाडि आई एन एफ (INF) नामक संस्थाको सहयोगमा जम्मा गाँउभरिमा १२ वटा धारा थियो, धेरैको गुजारा पानि कुवाले तारेको थियो पछि हामीले नेवा संग समन्वय गरेर हाल १४२ वटा पानि धारा निर्माण गरेका छौ, घरको दुरी हेरेर हामीले प्रयाप्त पानिको ब्यवस्था गरेका छौ खुशी लाग्छ कि मेरो वडामा अहिले पानिको गाग्री बोकेको कहाली लाग्दो दृश्य देख्न पाईदैन ।
अब त कार्याकालको अन्तिम अन्तिम चरणमा हुनुहुन्छ यो काम मेरै कार्याकालमा गर्न पाएको भए भन्ने लागेको केहीँ काम बाकी रह्यो ? अध्यक्ष श्रीपाली भन्छन् छ सबैभन्दा नमज्जा लागेको पालीकामै ठुलो बजेट १३ करोडमा खुखांनी प्राईमरी हस्पिटलको डिपीआर तयार भएको थियो हामीले जग्गा खरिद गर्नका लागी देशप्रदेशमा रहने आफन्त संग आर्थिक सहयोग संकलन पनि गरेको छौ १३ लाख उहाँहरुको सहयोग र स्थानीयले जोहो गरेको ५ लाख गरेर १८ लाख हामीले लगानी गरेका छौ , शहरि बिकाश मन्त्रालयको सहयोगमा बन्ने यो हस्पिटल अधुरो रह्यो यस्को प्रमुख कारण कोविड हो हामीले प्रयाप्त काम गर्न पाएनौ अर्को महत्वको काम थास्पुरि देखि खुखांनी जोड्ने झुलुङ्गे पुलको सर्वे भएको थियो यो पनि अधुरो रह्यो ।

तपाईको वडामा जातीय विभेदको अवस्था कस्तो छ भन्ने प्रश्नमा श्रीपालीले आफ्नो वडा भ्रमन गर्न अनुरोध गर्दै भन्छन हालसम्म म माथी विभेदभयो भनेर कुनै उजुरी परेको छैन, सबैभन्दा ठुलो चेतना हो त्यो हाम्रो वडाको दलित र गैर दलितमा बिकास भैसक्यो भन्ने म सम्झन्छु, केही उदाहरण नै हेर्ने हो भनेनी अझैसम्म अन्तरजातीय बिवाहा स्विकार नगर्ने नेपाली समाज भित्र हाम्रो वडामा भने दलितले जनजाति युवति लिएको र जनजाति युवाले ले दलित युवति विवाह गरेको वर्तमान अवस्था छ । यसर्थ मैले हाम्रो वडामा नयाँ पुस्तामा विभेद देख्दिन पुराना पुस्तामा केहि बाकी होला त्यो चेतना बिकाश संगै हट्ने कुरामा म निर्धक्क छु ।
अध्यक्ष श्रीपालीले जनताले दिएको बिश्वास र मायाको सम्मान गर्दै एक कार्यकाल पुन दोहोरिने सोच राखेको बताएका छन । फेरि दोहोरिएमा कुन कुरालाई महत्वमा राख्नुहुन्छ भन्दा श्रीपाली केहि भावुक हुदै सुनाए म जनप्रतिनिधि हु तर मेरै कलिलो उमेरको छोरा खाडिमा गएको छ , मेरो मात्र हैन धेरैको सन्तानले प्रदेशको घाम खानुपरेको एउटै कारण यहाँको बेरोजगारि र गरिवि हो त्यसकारण यो कार्याकालमा मैले पूर्वाधार र शिक्षालाई जोड दिए आगामी कार्याकालमा मैले कृषि, पशुपालन र लगायत मान्छेको दैनिकी संग जोडिएको कुरामा लगानी गर्दै नेपालमै स्वरोजगार हुने वातावरण निर्माण गर्न जोड दिन्छु ।















