चैत्र १०ः आर्थिक कारोवार तथा प्रेम सम्बन्धी कुरामा विवाद हुँदा दुई समूहबीच खुकुरी हानाहान भएको छ ।

खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका ५ जनालाई अपराध महाशाखाद्वारा खटिएको प्रहरी टालीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजेश बुढाथोकी, रोशन लामा, पुकार के.सी.प्रविण नेपाल र संजिव मोक्तान रहेका छन् ।
बुधबार ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय सुरज खड्कालाई काठमाडौँ शंखमुल पुल नजिक फलफूल पसल अगाडि दोलखा, नाम्दु घर भई हाल काठमाण्डौं जडिवुटी बस्ने विकाश लामा समेतको ८ र ९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी कुरामा विवाद खुकुरी प्रहार गरेको थियो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट खुकुरी र मोटरसाइकलसमेत बरामद गरिएको छ।


















