सरकारले बढायो गाडी भाडा, कुन रुटमा कति ? (सुचीसहित)

चैत्र २०ः सरकारले लामा दुरीका सार्वजनिक सवारीको भाडा बृद्धि गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने लामा दुरीका सवारीको १० देखि १५ प्रतिशतसम्म भाडा बढाएको हो ।

विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाएको विभागले जनाएको छ । त्यस्तै, यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भुगोलअनुसार १०देखि १५ प्रतिशत भाडा बढाउने पनि निर्णय गरिएको छ ।

लामो समयदेखि सार्वजनिक यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थको मुल्यवद्धि अनुसार भाडादर समायोजन गर्न माग गर्दै आएका थिए । चैत्र महिनासम्म सरकारले भाडादर समायोजन नगरेमा आफै समायोजन गर्ने पनि व्यवसायीहरुले चेतावनी दिएका थिए ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/04/final.२०७८-१२-१७-अन्तर-प्रदेश-भाडादर.pdf” title=”final.२०७८-१२-१७ अन्तर प्रदेश भाडादर”]