नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

चैत २१ः त्रिकोणात्मक टी २० सिरिजको फाइनलमा पीएनजी लाई १६९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै लेट केमियो खेल्दै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, अकुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।