दाङमा माेटरसाइकल दुर्घटना, एक महिलाकाे ज्यान गयाे

चैत २७ः दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन्

उनीहरुको घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेको प्रहरीले जनाएको छ ।

घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका-८ वनगाउँमा दुर्घटनामा परेको थियो ।