एमालेको मेयर उपमेयर उमेदवार छान्नकै लागि मतदान गरिदै

बैशाख २ : पोखरा महानगर पालिकाको मेयर र उपमेयर उम्मेदवार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दैछ ।

एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन मुस्किल बनेपछि मतदान पक्रिया अगाडि बढेको हो ।

मेयर पदमा १२ जना र उपमेयर पदमा ११ जनाले उम्मेदवारी दिए संगै पार्टीभित्र विवाद चुलिएको कारण चुनावि प्रक्रियाबाट समधान खोजी गर्न लागीएको हो । मेयर पदमा १२ जना र उपमेयर पदमा ११ जनोमध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटी हुँदै केन्द्रमा सिफारिस हुनेछ ।

एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

मेयरमा प्रदेश सभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारी, प्रा।डा। विश्वकल्याण पराजुली, भीम कार्की, रश्मी आचार्य, पुष्पज्योति ढुङ्गाना, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालकृष्ण काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी र दर्शन लामा छन् ।

त्यसैगरी उपमेयरमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पङ्गेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी) , जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री उम्मेदवार छन् ।