स्वयम्भुस्थित भगवान पाउ नजिकै युवकको शव भेटियो

बैशाख २:  स्वयम्भुस्थित भगवान पाउ नजिकै एक युवकको शव भेटिएको छ ।

करिब २२ वर्षीय युवकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।​ भगवान पाउ स्थित सामुदायिक प्रहरी बिट नजिकै मृत भेटिएका युवकको पहिचान खुल्न सकेको छैन ।

शवको टाउको भुईँमा ठोक्किएको र मुखबाट रगत बगेको अवस्थामा भेटिएको छ । ट्राफिक प्रहरीको बिट नजिकै मृत भेटिएका युवाको अनुहारमा चोट छ, मुखबाट रगत बगेको छ ।

मृतकको पहिचान खुलेको छैन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुले हत्या आशंकामा अनुसन्धान गरिरहेको छ ।