बैशाख ४ : पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गर्मी बढेसँगै देशका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको हो ।
आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–१० मा रहेको अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर ज्यान गएको प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । आगलागीका कारण झन्डै दुई करोड रुपैयाँको क्षति भएको जनाइएको छ ।


















