बैशाख ४ : केहि दिनदेखि चर्को घाम लाग्दा गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने बताइएको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ ।
पछिल्लो २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ ।
उता नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको छ ।
काठमाण्डौको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । आज पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना छ । तर, अन्य क्षेत्रको मौसम भने सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।


















