युक्रेनको मारियुपोल शहर रुसी सेनाको कब्जामा, युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम

बैशाख ४ : युक्रेनको मारियुपोल शहर रुसी सेनाले कब्जामा लिएको छ । विभिन्न समाचार एजेन्सीका अनुसार रुसले युक्रेनको मारियुपोल शहर कब्जामा लिएको जनाएको हो ।

शहर कब्जामा लिएसँगै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिइएको छ । आज (आइतबार) सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने जनाएको छ भने भोलि (सोमबार) देखि उक्त शहरमा नाकाबन्दी लगाउने जनाएको छ ।

युक्रेन-रुसीबीचको युद्ध भएको आज ५३ दिन पूरा भएको छ । तर युक्रेन-रुसीबीचको युद्ध भने जारी छ ।