रुकुम,रोल्पामा मौलाउदै अफिमखेती,कानुनी मान्यता दिन स्थानीयको माग

बैसाख ७ः प्रहरीले वर्षेनी अफिमखेती नष्टका लागि विभिन्न अभियान चलाउँदै आएको छ तर पनि अफिमखेतीमा किसानको आकर्षणता भने बढ्दो छ।

धेरै आम्दानी हुने भएसंगै अफिमखेतीमा अधिंकाश मान्छेको रुचि बढ्न थालेको छ । रोल्पाका बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती लगाउन छाडेर अहिले धमाधम अफिमखेती गर्ने गरेका छन्। अवैध लागूऔषधको रुपमा प्रयोग हुदै आएको अफिम प्रति कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी आकर्षित भएका हुन् ।

प्रहरी गस्ती नपुग्ने विकट र वन क्षेत्रमा रहेका पाखोबारीमा अफिम खेती हुन्छ । प्रहरीले यो वर्षमा अहिलेसम्म २१० रोपनी जग्गामा लगाइएको अफिमखेती नष्ट गरेको जिल्ला प्रहरीका कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताउछन।

थबाङ गाउँपालिका वडा नं ४ मालागिरी, जुत्तर, नयाँगाउँ र गुराँसे लगायतका स्थानमा खेती गरिएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ। अफिमखेती नष्ट गर्नका लागि २६ जनाको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले गोप्य सूचनाका आधारमा अफिमखेती गरिएको क्षेत्र पहिचान गर्दै नस्ट गर्ने काम गरेको थियो।

अफिमखेती नष्टका लागि प्रहरीले वर्षेनी अभियान चलाए पनि खेती गर्नेको सङ्ख्या घट्नुको साटो बढ्दै गएको स्थानीयवासीको आकलन छ। रोल्पा र रुकुममा अफिमखेती खुलेआम हुने गरेको छ। स्थानीयवासीले आफ्नो बारीमा भाँगो लगाउने गर्छन्। भाँगोबाट चरेशका अतिरिक्त यसको दाना अचार खाने र त्यसको रेशाबाट बन्ने कपडा विभिन्न उपयोगमा प्रयोग गरिन्छ।

राज्यलले अफिमखेती प्रतिबन्ध गरे पनि यसको पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन। यसो हुनुमा यो चाहिँ यहाँको गरिबी र जीविकोपार्जन सँग जोडिएको छ। कतिपय अहिले पनि जेल जीवन बिताइरहेका छन्। तर पनि स्थानीयवासीले भाँगो खेती गर्न छोडेका छैनन्।’

रोल्पा, रुकुममा हुने भाँगोखेती नियन्त्रण गर्न सकिएको छैन।’ अब यसलाई खुला गरेर राज्यले करको दायरामा ल्याउन ढिला गर्नु नहुने स्थानीयको भनाइ छ। ‘यसो गर्‍यो भने यो जीविकोपार्जनको स्रोत बन्ने ठूलो सम्भावना छ,’ ‘राज्यलाई कर पनि हुन्छ। गरिबी न्यूनीकरणमा सहयोग पनि पुग्छ।’

अफिमखेतीबाट एक रोपनीमा न्यूनतम रु तीन लाख आम्दानी हुने बताइएको छ। केही व्यापारीले खेती गर्नुअघि किसानलाई दिने गरेका छन्। प्रहरीले कारोबारीलाई फेला पार्न नसकिएको जनाएको छ । कतिपयले गाँजा र अफिम अवैध हो भन्ने थाहा नपाएर पनि खेती गरेको पाइएको प्रहरीको भनाइ छ।