चिडियाखानामा अब चम्पा र चिम्पुको जोडि देख्न पाईने

बैशाख ८ : सदर चिडियाखाना जावलाखेलमा आजदेखि नयाँ जनावर चिम्पाञ्जी थपिएको छ ।

चिम्पु र चम्पा नाम गरेका चिम्पाञ्जीको जोडीलाई चिडियाखानाले दर्शकले अवलोकन गर्न पाउने गरी प्रदर्शनीमा राख्न लागेको हो । पाँच वर्षअघि चिडियाखाना ल्याइएको चिम्पाञ्जीलाई अहिलेसम्म आन्तरिक रेखदेख र हेरचाहमा राखिएको थियो ।

आवश्यक रेखदेख र खोरको व्यवस्थापनपछि चिम्पाञ्जीको जोडीलाई दर्शकले अवलोकन गर्न पाउने गरी आजैदेखि प्रदर्शनीमा राखिने सदर चिडियाखानाले जनाएको छ ।

मानिससँग हिमचिम गर्ने स्वभाव भएकाले चिम्पाञ्जीको जोडीले दर्शकलाई आकर्षण थप्ने चिडियाखानाकी प्रमुख रचना शाहले बताउनुभयो । चिडियाखानामा १ सय १३ प्रजातिका ९ सयभन्दा धेरै जीवजन्तु राखिएका छन्।