९८अर्ब ५५ करोड बढिको पेट्रोलियम पदार्थको आयात, बढ्दो मूल्य बढ्दो माग

बैसाख ९ : भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८ / ७९ को पहिलो नौ महिनाको तथ्याङ्क अनुसार नेपालले दुई खर्ब बराबर रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

नौ महिनाको अवधिमा नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजलको आयात भएको छ । यस अवधिमा एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँ बढीको डिजेल र र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँ भन्दा बढीको पेट्रोलको आयात भएको हो ।

४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।

नौ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजार रुपैयाँको सोयाबिन तेल, ३२ अर्ब चार करोड ७८ लाख रुपैयाँ बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।