बैसाख ११ : डेढ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी मालपोत अधिकृत पक्राउ परेकी छिन् ।

प्रमुख लेखा पनेरु महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
ताप्लेजुङको फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अख्तियारबीच भाग बन्डाका लागि उनले घुस मागेकी थिइन्। फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडीबाट उनलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।


















