बैशाख ११: कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० वटा भन्दा धेरै घर जलेर नष्ट भएका छन् ।

कैलाली गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर मुक्त कमैया शिविरमा आज आइतवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगलागीको कारण नखुलेको भए पनि खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाले उडाएर शिविरमा आइपुगेको हुन सक्ने अनुमान गरिएको छ ।
फुसको छानो भएका घर भएकाले कम समयमै धेरै घर जलेका हुन सक्ने प्रहरीले जनाएको छ । अहिले चार वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।


















