बैशाख २६ :नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार सेयर कारोबार बन्द गर्ने भएको छ । नेपाल सरकारले जेष्ठ १ गतेदेखि साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
तर, आइतबार सेयर बजार बन्द भएको हुनाले शुक्रबार सेयर कारोबार हुने नेप्सेले जनाएको छ। नेप्सेका अनुसार बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।


















