बैशाख २८ : फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित भएका छन् । पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएका हुन् । जुन उनको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको फिलिपिन्सको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा रहेका थिए । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि गत सोमबार मतदान भएको थियो ।















