बैशाख ३० : तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।
ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीलाई नेपाली कांग्रेसकै कार्यकर्ताले कुटपिट गरेको आरोप नेपाली कांग्रेस तनहुँले लगाएको छ ।
उनको टाउकोमा चोट लागेको छ । व्यास नगरपालिकामा कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार रहेका छन् ।


















