जेष्ठ ९ः आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ परेका थिए। उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी रहेको श्रोतको भनाई छ ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो ।
सोही क्रममा प्रतियोगिता सकिएपछि सक्सेस पार्टी दिने भन्दै एक प्रतियोगी लाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोप सहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो । मनोज पाण्डे विरुद्ध आइतबार यौन दुव्र्यावहारबारे अर्को उजुरी पनि प्रहरीमा परेको छ ।


















