नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने सुन्दरबजार नगरपालिको निर्णय

जेठ ९: लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको छ ।अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुई वटा नगर बसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको नव निर्वाचित मेयरले बताए ।

उनका अनुसार जिल्लामै शव वाहनको व्यवस्था नभएको र सुन्दरबजार नगरपालिकामा दुई वटा नगर बस भएपनि सही व्यवस्थापन हुन नसकेको जनाए । शव वाहनको निकै आवश्यकता रहेको टिप्पणी गरे ।