सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

जेठ १० : सरकारले अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडादर बढाएको छ । मंगलबार यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले भाडादर बढाएको हो ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.७ प्रतिशतले बढ्दा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ३ प्रशितले बढाइएको छ ।

योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टा सम्मको भाडदार २ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ । यसअघि उक्त रुटको भाडादर २ हजार २ सय ९० रुपैयाँ थियो ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/05/अन्तरप्रदेशभाडादर-2079-02-10.pdf” title=”अन्तरप्रदेशभाडादर 2079-02-10″]