जेठ ११ः झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी सहित दुई जनाको मृत्यु भएको छ।

तिब्र गतिमा आएको बसको बसको ठक्कर बाट मोटरसाईलमा सवार दुबै जनाको टाउकोमा गहिरो चोट लागेको कारण अस्पताल पुर्याउन नपाउदै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नं को झुल्केदेवी यातायात (बस) ले प्रदेश १–०२०४० प ७१४९ नं को मोटरसाइकल लाई ठक्कर दिँदा उनीहरूको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन्। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


















