जेष्ठ १३ः ग्यास बुलेटमा भएको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आएको छ ।

आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरीले जनाएको छ ।
मुग्लिन- नारायणगढ सडक खण्डस्थित पन्ध्र किलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो ।
यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटमा आगलागी भएको थियो । आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएपछि सवारीसाधन चल्न सुरु गरेको प्रहरीले जनाएको छ ।


















