पश्चिम नवलपरासीस्थित जिल्ला अदालत परिसरमा गोली चल्यो

जेठ २३ : पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका-४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन।

सोमबार जिल्ला अदालत परासीमा अंश मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली प्रहार गर्ने यादव फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत अगाडी दिउँसोको समयमा नै गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन् ।