असार १ गतेबाट आइतबारको बिदा हटाउने सरकारको निर्णय

जेठ २३ :  सरकारले असार १ गतेबाट आइतबारको बिदा हटाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो ।

असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा हटाइएको हो । सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो।

त्यस्तै, हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर समेत गरिएको थियो । निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।