नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

जेठ २३ : नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल बर्खास्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको हो ।

यसअघि सरकारले पौडेललाई स्पष्टीकरण सोधेको थियो । सरकार बनेदेखि मन्त्रालयमा तानिएका पौडेललाई सरकारले हटाउने प्रयास गरेको थियो ।

तत्कालीन केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।