असार १ : १६ किलो लागु औषध गाँजा सहित तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले १६ किलो लागु औषध गाँजा सहित मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १९ का ४० वर्षका किताब गोले, राक्सीराङ गाउँपालिका वडा नं १ बस्ने वर्ष ३२ का विक्रम कुमार गोले र सोही ठाउँका वर्ष ३४ का कुमार घ्यावालाई पक्राउ गरेको हो।
पूर्व-पश्चिम लोक मार्ग सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना १ ज १६५६ नं. को यात्रुवाहक माइक्रो बसलाई रोकी चेकजाँच गर्दा १६ किलो फेला परेको पहरीले जनाएको छ ।
उक्त लागु औषध गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले जनाएको छ ।


















