असार १ः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्न २० वर्ष कुर्नुपर्ने व्यवस्थाले अपराध बढाएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने प्रावधानप्रति आफू सहमत नरहेको बताएका हुन् ।
उनले भने ‘यसमा हामीले स्टडी सुरु गरिसकेका छौं । १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष कुर्नुपर्छ,’ ‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने कुरा कुनै पनि स्ट्यान्डरले देखाउँदैन ।
यसले बरु अपराध बढाउने कुरा भइरहेको छ । त्यसैले यसमा रिभ्यु गर्नुपर्छ र रिभ्युको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको कुरा म अवगत गराउन चाहन्छु ।’


















