एसपीपीबारे छलफल गर्न संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलायो

असार २ : अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।

सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि संसदीय समितिले भोलि बिहान ९ बजेका लागि तय गरिएको बैठकमा प्रधानसेनापति शर्मालाई बोलाइएको हो ।