ललितपुर महानगर घरेलु प्रर्दशनीको सुभारम्भ (फोटोफिचर सहित)

असार ३ : नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर समिति तथा ललितपुर महानगरपालीका द्धारा आयोजित ललितपुर महानगर घरेलु प्रर्दशनीको आज एक कार्यक्रमको विच उद्घाटन भएको छ ।

असार तीन गते देखि सुरु भएको यस प्रदर्शनी तीन दिनसम्म निरन्तर संचालन हुने आयोजकको भनाई छ।
मेहनत, सिर्जना, वस्तु र उत्पादन हाम्रै ललितपुर’‘ भन्ने  नारा सहित सुरुभएको यस प्रर्दशनीको ललितपुर महानगरपालीका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नुभएको थियो ।

ललितपुर महानगरपालीकाका प्रशासकिय प्रमुख श्री गणेश अर्यालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर समितिका अध्यक्ष श्री शैलेन्द श्रेष्ठ ले कार्यक्रम र कार्यक्रमको उद्देश्य बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालीका प्रमुख , उप-प्रमुख सहित २९ वटै वडाका वडा अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् ललितपुर महानगरपालीका प्रमुख चिरिबाबु महर्नजने आफनै महानगरपालीकामा उत्पादन भएका सामाग्री देख्न पाउदा आफु हर्षित रहेको बताउनु भएको छ, यसरि सबै वडा उत्पादनमा जोडिएमा स्वदेशमै स्वरोजगार हुन सकिने भन्दै उत्पादनमा जोडिएका सबैप्रति आभार प्रकट गर्नुभएको हो ।

साथै आगामी दिनमा महानगरपालीकाले उत्पादनमा जोडिएका ललितपुर महानगरबासि जोेकोहीलाई प्रोत्साहन गर्दै महानगरपालीको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको हो ।

कार्यक्रममा करिब तीस भन्दा बढि प्रदर्शनी स्थल राखिएको छ, तीनदिन सम्म संचालन हुने यस प्रदर्शनीमा ललितपुर महानगरपालीकामा उत्पादन भएका विभिन्न सामाग्री देख्न तथा किनमेल गर्न सकिने छ ।

फोटो फिचर सहित