असार ५ : तमानखोला गाउँपालीकाको पहिलाे नीति तथा कार्याक्रम बारे छलफल कार्यक्रम सम्पन्न भएको छ।
नयाँ नेतृत्व स्थापना भएपश्चात पहिलोपटक अगुवा भेला गरेको पालीकाले आगामी बजेट बिनियोजन बारे सम्भावित योजना र निति तथा कार्यक्रम उपर पालीकाका अगुवा संग छलफल गरेकाे हो।
पालीकाले आगामी बजेटमा कृषि , पर्यटन , शिक्षा र पुर्वाधार निर्माणलाई जोड दिनुपर्ने उपस्थित अगुवा हरुको भनाइ थियो ।कार्यक्रमको सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत बिकाश लम्सालले गत बर्षको निति तथा कार्यक्रम भन्दा थप रचनात्मक र सृजनात्मक सुझाव आएको भन्दै धन्यवाद ज्ञापन गरेका छन।
पालीकाले आगामी बजेटमा गरिबी निवारण, शैक्षिक स्तर सुधार, कृषि मैत्री वातावरण र सहज सुलभ स्वास्थ सुविधालाई प्राथमिकता राखेको पालीका प्रमुख जोललाल बुढाले बताएका छन।
अघिल्लो पटकको आकडा भन्दा यो पटक तमानखोलाको जनसंख्या घटेको प्रती आफ्नो ध्यानाकर्षण रहेको बताउदै अध्यक्ष बुढा भन्छन् “मान्छेले गाउँ छोड्नु र बसाई सराइ गर्नु भनेको आफ्नै पालीकामा आवश्यक सेवा सुविधा उपभोग गर्न नपाउनु हो तसर्थ उक्त सुविधा पालीकामै उपलब्ध बनाउन हामी निरन्तरको अभ्यासमा जुटेका छौं ।”
वडा अध्यक्ष , व्यवसायी र अगुवा प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा पालीकाले भौतिक पुर्वाधार निर्माणमा मात्रै जोड नदिएर नीतिनिर्माणमा समेत ध्यान पुर्याउनुपर्ने सहभागीहरुको भनाइ थियो ।
अघिल्लो कार्यकालको स्मरण गर्दै अध्यक्ष बुढाले उत्पादन मुखी कृषि अर्थतन्त्र निर्माण र भौतिक सुधार, नीति कार्यक्रममा समेत गहिरो अध्यन गरेर कार्यक्रम निर्माण गर्ने बताएका छन।


















