नेपाली कांग्रेसबाट तमानखोला गाउँपालीकामा उपाध्यक्षमा विजेता बनेकी हिरा कुमारी छन्त्याल यो भन्दा अगाडि शान्ति मा.वि.को शिक्षिका हुनुहुन्थ्यो , सयौं विद्यार्थीको भविष्य उज्यालोे बनाउन लागि परेका हिरा कुमारी छन्त्याल किन एकाएक राजनितिमा आए ? शिक्षिकाको रुपमा परिचय स्थापित बनाएकी हिराकुमारीका लागि राजनिति रहर कि बाध्यता ? समचार संयोजक जसिन्द्र श्रीपालीले उहाँसंग गर्नुभएको कुराकानी ।
नागरिक भएर यहीँ ठाँउमा सेवा लिन आउनु र आज जनप्रतिनिधि भएर सेवा दिन आउनुमा के फरक रहेछ ?
यो मेरो अपेक्षा भन्दा बाहिरको प्रश्न हो र यो प्रश्नको ओज सामान्य छैन मलाई कम्तिमा केही सेकेण्ड लामो स्वास तान्नुपर्छ यस्को जवाफ खोज्न , म स्वयम्लाई यहीँ प्रश्न बार बार गरिरहन्छु , निकै फरक छ आकाश र जमिन जस्तो , अग्लो पहाड र सम्मो जमिन जस्तो सेवा लिन आउदा म सधैँ ब्यक्ति भएर आउथे र मेरो काम सहजै र पहिले बनिदिए हुने भन्ने जोकोहीलाई लाग्छ मलाई पनि त्यहीँ लाग्थ्यो तर प्रक्रियामा रहेर कानुनको निश्चित सिमा र अधिकार क्षेत्रमा रहेर सेवा प्रदान गर्नु सामान्य कुरा नरहेछ तथापी म सेवा दिनलाई जनतासंग कसम खाएर आएको हु यस मानेमा मैले हार्नु हुन्न हार्ने छैन बास काम गर्न सामान्य भने छैन ।
शिक्षण पेशाबाट राम्रो परिचय बनाउनु भएको तपाई एकाएक राजनितिमा आउनुभयो यो तपाईको लागि बाध्यता कि रहर ?
यहाँको प्रश्नको अन्तिममा आएको बाध्यता कि रहर शब्दमा बाध्यता कि आवश्यकता भैदिएको भए अझ खास हुन्थ्यो भन्ने लाग्छ, मेरो राजनितिक यात्राको लामो कथा जोडिएको छ, ती कथाहरु सामान्य छैनन् र बनावटी होईनन् मेरो आफ्नै भोगाईहरु आफ्नै पीडाहरु हुन वास्तवमा राजनिति मेरो आवश्यकता हो मेरो श्रीमान पनि जहाँ मैले पढाउथे सोही स्कुलको शिक्षक हु्नुहुन्थ्यो उहाँले लामो समय सम्म त्यो स्कुलमा पढाउनुभयो दिनभर स्कुल पढाएर साझ घर फर्किएपछि उहाँ भन्नुहुन्थ्यो “शिक्षाले मात्रै समाजको मुहार फेरिनेवाला छैन शिक्षित संगै चेतनशील पनि हुन आवश्यक छ र त्यो चेत राजनितिले निर्माण गर्छ” उहाँ शिक्षण पेशा संगै राजनितिमा पनि सक्रिय हुनुहुन्थ्यो सिक्ने र सिकाउने दुबै यात्रा निरन्तर चलिरहेको थियो विडम्बना भनौ वा दैवको खेल उहाँको अल्पायूमै निधन भयो उहाँको निधन संगै उहाँका सपनाहरु बिचल्लित भए , पूर्णबिराम लाग्ने अवस्थामा पुग्न थाले सोही सपना पुरा गर्न मैले राजनितिक यात्रा रोजेको हु यसमा आईपर्ने जस्तो सुकै समस्या सामना गर्न तयार छु म । यहाँको सपना पुरा हुनु भनेकै समृद्ध तमानखोला बन्नु हो यहाँका जनताले सजह रुपमा सेवा पाउनु हो ।
हुन त मेरो आशय तपाईको विगत कोट्याएर तपाईको मन दुखाउ भन्ने होईन र छैन तैपनी श्रीमानको निधन भएपछि र आज यो स्थानका हुनु अगाडिको बिचको समयलाई स्मरण गर्न सक्नुहुन्छ ?
(हिराले गहभरि भरिएकोे आसुलाई पछ्यौरीको एक सप्कोले जबरजस्त रोक्दै निसासीएको मधुरो आवाजमा बोलिन )
मेरो जिन्दगीको सबैभन्दा कठिन समय त्यहीँ थियो जुन मैले बाचेर आए, १६ वर्षको काचो उमेरमा बिवाह गरेको म बिवाह गरेको १८ वर्ष पछि उहाँको निधन भयो, मेरा १ छोरा र १ छोरी छन, सानो उमेरमा बिवाह भएको मैले श्रीमानबाट श्रीमानको माया मात्रै पाएको थिएन साच्चिकै भन्ने हो भने उहाँ मेरो लागि श्रीमान कम अभिभावक ज्यादा हुनुहुन्थ्यो मेरो जिन्दगीमा उहाँ बाचेको दिनसम्म एकपटक पछाडि फर्केर हेर्नु परेन् म जहिल्यै बच्चा जस्तै रहिरहे उहाँ सधै एक जिम्मेवार अभिभावक जस्तो पुरुषप्रधान समाजमा बाचेको हामी उहाँमा एक निमेस त्यो पुरातनवादी सोच थिएन उहाँ खाना पकाउनु हुन्थ्यो, खेतबारीको काम गर्नुहुन्थ्यो , घरको काम मैले भन्दा ज्यादा उहाँ गर्नुहुन्थ्यो उहाँको त्यो अथाह माया र लोभलाग्दो केयरिङले मैले आफैलाई भुलेछु आफ्नो लागी आफै गर्नुपर्छ भन्ने नै बिर्सेछु ।

हुन त मेरो श्रीमान मात्रै हैन सासू ससूराको माया समेत मलाई कमी छैन आजको दिनसम्म पनि मैले मेरो आमा बाबाले गर्ने माया र सासूससूराले गर्ने मायामा अन्तर पाएको छैन तर ७४ साल माघ २९ गते अल्पायूमै श्रीमानको निधन भएपछि भने म अपाङ्ग भए मेरो हात गोडा भाचिए बराबर भयो बितेको तीन वर्ष म यति रोएर बिताए कि मैले बाच्नुपर्छ भन्ने आशा काहीँ भेट्दैन थिए बर्खाको भेल जस्तो, छहराबाट झर्ने पानीको फोका जस्तो मेरो आखाँबाट आशु बग्दथ्यो मलाई देख्न जोकोहीले मलाई यो अवस्थामा आउने छ भन्ने कल्पना सम्म गर्दैन थिए, तीन बर्ष दिन रात नभनेर रोए आशुको मुहान कहिल्यै सुकेन समय बित्दै गयो मैले मृत्यु भित्र जिवनको खोजी गर्न थाले, मर्ने एउटै कारण छ बाच्नुपर्ने धेरै आधारहरु छ भनेर सोच्नथाले श्रीमानको ठाँउमा छोरा छोरि राखेर हेर्न थाले म मा बिस्तारै सुधार आयो त्यसपछि भने मैले पढाउन सक्ने अवस्थामा भने रहिन तर मेरो मनले मलाई नै बार बार भनिरह्यो तेरो श्रीमानको अधुरो सपना साकार गर्नकै लागि पनि त राजनितिमा जानुपर्छ, त जस्तै एकल महिलाहरुको अधिकार र हक न्यायका निमिक्त पनि राजनितिमा जानुपर्छ त्यसपछि मैले राजनितिमा पूर्णकालीन हुने निर्णय गरे
म निकै भावुक सोचको छु स साना कुराले पनि मलाई निकै पोल्छ म राजनितिमा आउनुको अर्को कारण मेरो गाँउ पारि रहेको थास्पुरी गाँउमा एकजना कृष्ण श्रीपाली (धने)भाईको ट्याक्टर दुर्घटनामा मृत्यु भयो उनको श्रीमतिको गर्भमा त्यो समय बच्चा थियो मलाई राति १ बजे निद्राले छोड्यो मेरो दिमागमा त्यो बैनीको तस्विर मात्रै आईरह्यो , भरिएको गहलाई सम्हाल्दै मैले सोचे मेरो त पारिवारिक रुपमा साथ सपोर्ट छ मैले हरेक काम गर्नका लागि छुट छ अब मैले ती बैनी अन्य थुप्रै बैनीहरुको आखाँको आसु पुछ्न पनि राजनितीमा हुमिन आवश्यक छ । त्यसपछि मैले अन्तिम निर्णय गरेको हु यसकारण मेरो राजनिती बाध्यता नभएर अझ बढि आवश्यकता हो भन्ने सम्झन्छु ।
आजको तपाईको सफलता र आगामी दिनलाई कसरि हेर्नुहुन्छ ?
म स्वय्मलाई सफल भए भन्ने चाहीँ लाग्दैन सफल र असफलको मूल्यांकन त आगामी पाचँ वर्ष पछि समिक्षा होला तर मैले तमानखोला बासिन्दाको यतिधेरै माया पाएको छु, हिजो म एक्लो भनेर सम्झिने मान्छे आज मेरो साथमा यतिधेरै मान्छे रहेछन भन्ने लाग्छ यसकारण मैले यिनै मान्छेको सपनालाई आफ्नो साझा सपना बनाएको छु, आगामी दिनमा उहाँहरुको मुहारमा देखिने हासो खुशी नै मेरो हासो खुशी हो, मेरो पाँच वर्षे कार्याकालमा आफ्नो काम र कर्तव्य प्रति पूर्णरुपमा बफदार भएर काम गर्ने छु , मेरो अधिकार क्षेत्रका काम अफिस समयमा मात्रै हैन त्यो बाहेकका समयमा पनि म जनता केन्द्रित भएर काम गर्ने प्रतिबद्धता गरेकी छु ।

मेरो पाँचे वर्ष अबधिमा यो काम चाहीँ सबैभन्दा पहिले गर्छु भन्ने योजना केहि बनाउनु भएको छ ?
मेरो मात्रै नभएर सिङ्गो पालीकाको सपना वा योजना भनेको शिक्षा , स्वास्थ्य जस्ता अत्यावश्यक कुराको विकासमा जोड दिने भन्ने छ त्यस भित्रपनि मैले एकल महिलाको निमिक्त बिशेष कार्याक्रम निर्माण गर्दै उनीहरुको जीवनस्तरमा परिवर्तन आउने गरि काम योजना तयार गरिरहेको छु हाल यो ठाँउमा म आफै पनि नयाँ छु यहाँ ब्यवस्थापन गर्नुपर्ने थुप्रै कुराहरु छन ,तथापी आमा शिक्षित कार्यक्रम भने यहीँ वर्ष गर्ने योजना बनाएको छु त्यो बाहेक उहाँहरुको आवश्यकता र चाहानालाई बुझेर दिर्घकालीन समधान हुनेगरि योजना ल्याउछु ।
समाजको अवस्था र यहाँको ब्यवस्थना फरक फरक छ यस्लाई कसरि लैजानुहुन्छ ?
चिन्ता गर्नुपर्ने विषय मध्यको एक यो पनि हो भन्ने लाग्छ , मैले यो समाजलाई निकै लामो समय देखि चिन्दै आएको छु समाजको रुप र यहाँँ ब्यवस्थाको कुरा निकै्र भिन्न भिन्न छ तर यसको तालमेल मिलाउदै लैजानुपर्छ भन्ने पक्षमा म छु , म आफैलाई आफ्नो बारे प्रस्ट थाहा भएको कुरा चाहीँ के हो भने म आफ्नो काम प्रति ईमान्दार छु , मेरो नजरमा आफ्नो पराई भन्ने छैन पालीकामा एकदमै मिलेको टीम छ हिजो एक्लो हुदा त पहाड जस्ता ठ्रलो सम्झिएका समस्या तोड्न सकियो भने हाल त म संगै सिङ्गो पालीका छन पालीका भित्रका यतिधेरै जनताको माया छ सबै संग केहि न केहीको नाता सम्बन्ध छ भन्ने लाग्दछ ।


















