१ नं.प्रदेशमा मलको हाहाकार , युरियाको गोदाम खालि

असार १४: उत्पादनमा सबैभन्दा अब्बल प्रदेश १ मा धानखेतीका लागि चाहिने रासायनिक मलको चरम अभाव भएको छ।

प्रदेश १ मा डीएपी मल धानखेतीका लागि करिब २५ हजार मेट्रिकटन चाहिने भएता पनि विराटनगरस्थित प्रादेशिक कार्यालयमा हाल ८सय ६४ दशमलव ५० मेट रहेको छ । यस वर्ष १२ हजार २सय ७२ दशमलव ७०० सय मेट्रिकटन मलआएको थियो ।

प्रदेश १ मा आवश्यक भन्दा झण्डै एक चौथाई मल अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार प्रदेशमा थौरे डीएपी र पोटास रहेपनि युरियाको भण्डारण नै रितिएको जनाएको छ ।

जसमध्ये पहिलाको बाँकी नै २३ सय ९२ दशमलब ३५० मेट्रिकटन रहेको थियो। त्यस्तै, युरिया ४ हजार मेट्रिकटन चाहिने भएकोमा हाल भण्डार नरहेको अवस्था छ ।

पोटास भने आश्यकता अनुसार २ हजार मेट्रिकटन रहेको प्रादेशिक कार्यालयले जनाएको छ । प्रदेश १ को उदयपुरमा मात्र युरिया १५ दशमलव ९०० मेट भण्डारण रहेको छ । जुन गत वर्षको मौज्दात रहेको बताएको छ ।यसवर्ष प्रादेशिक कार्यालयले युरिया २६ हजार ६ सय मेट बिक्री गरेको छ ।

जसमध्ये गत वर्षकै ७ हजार १सय ८५ मेट भण्डार रहेको प्रादेशिक कार्यालयका प्रवक्ता होमप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार डीएपी १२ हजार २सय ७२ दशमलव ७०३ सय मेटमध्ये गत वर्षकै २३सय ९२ मेट भण्डार रहेको थियो ।

आर्थिक वर्ष २०७७र७८मा प्रादेशिक कार्यालयलले ४५ हजार ६सय २७ दशमलव ५०० युरिया प्राप्त गरेको२० हजार ३३४ मेट बिक्री गरेको थियो ।

त्यस्तै, डीएपी २४ हजार ८४७ दशमलव ८०० प्राप्त गरेकोमा १२ हजार ६सय ६३ दशमलव ७०० मेट बिक्री गरेको थियो । गत वर्षको असारमा मात्रै कार्यालयले ४ हजार ४८ दशमलव ९०० मेट युरिया मल बिक्री गरेको थियो । डीएपी १० हजार ७०३ दशमलव ५५० मेट बिक्री गरेको थियो ।

प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख नरेश साफकोटाले माग अनुसार मल नआएको बताए । मागको २० प्रतिशत मात्र आएकाले प्रदेश कार्यालय सहित मातहतका कार्यालयहरुमा वितरण गरिरहेको बताए । मल अभाव परिपूर्ति हुने अवस्था नरहेको उनले सुनाए ।

पछिल्लो समय कोरानाले रासायनिक मल उत्पादन गर्नेमा बन्द भएको र अन्तराष्ट्रिय मुल्य ३ य प्रतिशत बढेकाले नेपाल सरकारले मल ल्याउन सकिएको छैन । नेपाल चीन र खाडी मुलुकहरुबाट मल आयत गर्दै आएको छ । नेपालमा मल अभाव हुँदा किसानले भारतीय कमसल मल प्रयोग गर्दा उत्पादनमा समेत ह्रास आउने गरेको कृषक बताउँछन्।आजको अन्नपूर्णपोस्टमा समचार छ