असार १४ः निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।
गौतमले
पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए ।
पत्रकार सम्मेलनमा गौतमले भनेका छन आज पार्टी शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ,’ ।
यो पार्टीको संयोजकमा वामदेव छन्। सचिवमा डिबी कार्की। सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन।
पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय छ। १५ जना सदस्य नबढ्ने गरी स्थायी कमिटी गठन गरिने गौतम बताउँछन्।पार्टीमा एक अध्यक्ष, सातै प्रदेशमा इन्चार्ज, प्रदेश उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सचिव रहने पनि गौतमले बताएका छन्।


















