डाक्टर कुलबहादुर घिसिङ कुट्ने ट्राफिक प्रहरी जवान निलम्बित

असार १५ : ललितपुरको एकान्तकुनामा हिँडिरहेका डाक्टरमाथि निर्घाट कुटपिट गर्ने ट्राफिक प्रहरी जवान राजेन्द्र थापा निलम्बित भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहका अनुसार डाक्टर कुट्ने ट्राफिक प्रहरी जवान थापालाई मंगलबार निलम्बन गरिएको हो। उनले पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए।

थापाले आइतबार राती पौने ९ बजे पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए। पैदल घर फर्किँदै गर्दा कुटिएका घिसिङलाई उपचारका लागि अल्का अस्पताल लगिएको थियो।

यो घटनाबाहिर आएपछि परिसरले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो। उनलाई सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना तानिएको थियो। उनीसँगै सो समयमा चेकिङमा बसेका असईसहित पाँच जनालाई बग्गीखाना तानेको थियो।