आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

असार १९ : नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको छ । आज चौथो पटक सुनुवाइ हुन लागेको हो ।

वैशाख १८ मा सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए ।