असार २० : ललिता निवास जग्गा प्रकरण बारे सांसदले प्रश्न उठाएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको भन्दै गुनासो गरे ।
सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे ।
‘प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ ? कसले जवाफ दिने हो ?’, सांसद सुवालले भने ।

















