गगन थापाले मागे अर्थमन्त्री शर्माको राजीनामा

असार २०: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थ मन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने बताए ।

महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्नेमा पनि जोड दिए ।

‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्शन लिनुपर्छ’, उनले भने, ‘मेरो बुझाइमा अर्थ मन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । यसबारेमा तत्काल छानबिन गर्नुपर्छ ।’