असार २१ः नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोको दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ।

आज सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।

















