असार २३ : कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रतिपक्ष दल नेकपा एमालेले गत असार १२ गतेदेखि अवरुद्ध गरेको बैठक आज बस्ने संसद् सचिवालयले जनाएको छ।
एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै आइरहेको छ ।
सो माग पुरा नभएसम्म आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटमाथिको छलफल गर्न दिइरहेको छैन । बजेटमाथि पनि एमालेले आपत्ति जनाउँदै आएको छ।


















