असार २६ : नवलपरासी प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाखको चिनी बरामद गरेको छ । जिल्लामो बर्दघाट बजारबाट सो परिमाणको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
ना ६ ख २३८८ नंम्बरको ट्रकमा लोड गरी चितवनतर्फ लैजान लागेको ४ सय १८ बोराको चिनीको तौल २० हजार ८ सय ९४ केजी रहेको छ । जसको मूल्य १२ लाख ५३ हजार कायम गरिएको प्रहरीले जनाएको छ ।

















