असार २७ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको जनाएको छ । आज दिउँसो पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बागमती र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ ।
सुदूरपश्चिम र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।















