मिस एन्ड मिस्टर विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२२ को उपाधि अनिमा र अमनलाई

असार २७ : मिस एन्ड मिस्टर विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२२ को उपाधि अनिमा घतानी तथा अमन गदालले जितेका छन्। ललिपुरमा आयोजित सो प्रतियोगितमा अनिमा र अमनले उपाधि जित्न सफल भएका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले विजेतालाई ५० हजार आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरे। त्यस्तै, प्रतियोगितामा महिलातर्फ फस्ट रनरअपको उपाधि ईशा सिल्वालले प्राप्त गरेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि मनीषा विश्वकर्मालाई प्रदान गरिएको थियो।

प्रतियोगितमा पुरुषतर्फ फस्ट रनरअप कृष कालिराजले हात पारे भने सेकेन्ड रनरअफको उपाधि मनीष दर्नाललाई प्रदान गरियो। ‘बि ब्रोस् इन्टरटेडमेन्भ’ले यस वर्ष मिस एन्ड मिस्टर विश्वकर्माको प्रतियोगिता एकैसाथ आयोजना गरेको हो।

प्रतियोगिताको निर्णायकमा अक्षयजंग रायमाझी (मिस्टर नेपाल २०१७), मोडल प्रियरानी लामा, अभिनेता नरेन खड्का, सिनियर कोरियाग्राफर महेश केसी र फेसन डिजाइनर रोबिन परियार थिए।