असार २७ : श्रीलङ्काका प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकारी निवास कब्जा गरिरहने चेतावनी दिएका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताइसकेका छन् । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । तथापी आधिकारीक रुपमा राजीनामा नआएसम्म निवास कब्जा गरिरहने उनिहरुले बताएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् ।

















