फोहोर फाल्ने कम्पनीलाई महानगरले २५ हजार जरिवाना तिरायो

असार २७ः काठमाडौं महानगरपालिकाले रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिवाना तिराएको छ।

प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको मेयर बालेन शाहले जानकारी दिएका छन्। उनले फेसबुक मार्फत जानकारी ‍दिएका हुन्।

हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडिओ र फोटोको चर्चा भइरहेको छ,ु शाहले लेखेका छन्,सो सामग्रीको छानविन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौं।’

शाहले कुनै पनि अवाञ्छित कार्यहरू कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरूरी भएको बताएका छन्। शाहले त्यस्ता कार्यहरू सार्वजनिक गरेर महानगरसम्म पुर्‍याइदिएकोमा धन्यवाद प्रकट गरेका छन्।