भृकुटीमण्डपमा आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी

असार २९ : काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार अपराह्न आगलागी भएको छ ।

प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।