असार ३० : गोरखामा एक जना युवक मृत अबस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सदरमुकामको खोलखोलेदेखि नगरपालिका जाने सडकखण्डमा सडक छेउको नालामा आज बिहान २४ वर्षीय अनिष आलेमगरको शव फेला परेको हो ।
उनी गोरखा नगरपालिका- ८ आलेगाउँ निवासी हुन् । नालामा लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनको कानको भागमा चोट देखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



















