उपसभामुखका लागि आज उम्मेदवारी दर्ता, पुष्पा भुषालले उम्मेदवारी दिने

असार ३० :  प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारीको सूचना दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने र १: ३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

भोलि दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुने छ । निर्वाचनको कार्यतालिका हिजो प्रकाशन गरिएको हो । यसैबीच गठबन्धनको तर्फबाट उपसभामुखको उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाललाई अगाडि बढाउने कांग्रेसको तयारी छ ।

भुषालको उम्मेदवारीलाई गठबन्धनमा छलफल गरी सहमति जुटाएर अघि बढ्ने तयारी गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए ।